काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट सार्वजनिक गर्दैछ । आज दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
हरेक वर्ष जेठ १५ गते सरकारले बजेट ल्याउने संवैधानिक व्यवस्था छ । सरकारले आज १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको जनाइएको छ ।
बजेट प्रस्तुतीका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदलाई संयुक्त बैठकका लागि सभामुख देवराज घिमिरेले दिउँसो पाने १ बजे अघि नै उपस्थित हुन भनेका छन् ।