समय : ०८:४१ pm | सोमबार , पौष ८ गते २०८१

कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप र कर्जा प्रवाहमा रोक

अर्थ विशेष | मंसिर ११ गते २०८१

काठमाडौं।नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्जलाई निक्षेप सङ्कलन र कर्जा प्रवाहमा रोक लगाएको छ ।

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै बैंकको वित्तीय अवस्था समस्या उन्मुख देखिएको भन्दै थप निक्षेप र कर्जा प्रवाहमा रोक लगाइएको जनाएको छ ।बैंकले तोके बमोजिमको न्यूनतम पुँजी कोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा अनुपात ४०।८५ कायम हुने लगायत कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएको राष्ट्र बैंकले जनाएको छ ।

सो बैंकका निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले मंगलबारबाट लागू हुने गरी थप निक्षेप सङ्कलन गर्न, नयाँ खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले कर्णाली डेभलपमेन्ट बैंकलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने शर्तमा थप निक्षेप सङ्कलन, नयाँ निक्षेप खाता र कर्जा प्रवाहमा रोक लगाइएको सूचनामा जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्