समय : १०:४३ pm | मङ्गलबार , पौष ९ गते २०८१

घरजग्गा कारोबारमा देखिएन उत्साह, कात्तिकमा १ अर्ब पनि उठ्न सकेन पुँजीगत लाभकर

अर्थ विशेष | मंसिर ३ गते २०८१

काठमाडौं । नेपालको घरजग्गा व्यवसायले गति लिन लिन नसकेको तथ्यांकले देखाएको छ । असोज महिनाको तुलनामा घरजग्गा कारोबारमा केही वृद्धि भएको देखिए पनि उल्लेख्य सुधार आउन नसकेको देखिएको हो ।

चालु आर्थिक वर्षको असोज महिनामा ३० हजार ५२७ वटा लिखत पारित भएकोमा कात्तिक महिनामा झिनो संख्याले बढेर ३३ हजार ५१४ वटा लिखत पारित भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।

साउनमा ४३ हजार ८३५, भदौमा ३२ हजार ७९८ पारित भएको थियो । त्यस्तै, कात्तिक महिनामा २९ वटा अपार्टमेन्ट पारित भएको छ ।
कात्तिक महिनामा सबैभन्दा धेरै भूमि सुधार तथा मालपोत कार्यालय, सुनसरी इनरुवामा १२ सय ४६ वटा लिखत पारित भएको छ भने मालपोत कार्यालय सिर्दिवासमा शून्य कारोबार भएको विभागको तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको साउन महिनामा २९ हजार २६३, भदौ महिनामा ३५ हजार ६८६, असोज महिनामा ३९ हजार ८८१ र कात्तिक महिनामा २६ हजार ४६ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

त्यस्तै, सरकारले घरजग्गा कारोबारबाट कात्तिक महिनामा ९३ करोड ७७ लाख ९१ हजार ८२० रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ । सो रकम असोज महिनाको तुलनामा भने झण्डै १८ अर्बले कमी हो ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा सरकारले घरजग्गा कारोबारबाट १ अर्ब ३४ करोड ६९ लाख ४८ हजार ८६६, भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख ६५ हजार ११३ रुपैयाँ र असोज महिनामा १ अर्ब ११ करोड ६२ लाख ७१ हजार ७६९ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्