समय : ०१:१२ am | आइतबार , कार्तिक १५ गते २०८२

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

अर्थ विशेष | श्रावण २९ गते २०८२

टोकियो- अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले बिहीबार एसियाली शेयर बजार खुल्दासाथ एक लाख २४ हजार अमेरिकी डलरको कारोबार गरेको छ ।

यसको अघिल्लो जुलाईको रेकर्डभन्दा क्रिप्टोकरेन्सीको कारोबारमा वृद्धि भई बिहीबारको स्टक बजार खुलेको केहि समयमा नै एक लाख २४ हजार ५०० भन्दा बढी कारोबार भएको हो । एस एण्ड पी ५०० इन्डेक्स र विशाल प्रविधि कम्पनी नास्डेक यस हप्ता नयाँ उचाइमा पुगेको छ, जसले क्रिप्टोकरेन्सीको वृद्धिमा योगदान पु¥याएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी नियामक परिवर्तनले गर्दा क्रिप्टो क्षेत्रको एक बलियो समर्थक बिटक्वाइनको मूल्यमा वृद्धि भएको हो । यसको मूल्य क्रिप्टोकरेन्सीका ‘ह्वेल’ भनिने ठूला धारकहरूले पनि बढाएका छन् ।

“क्रिप्टो बजारले अत्यधिक अनुकूल आधारभूत कुराहरूको अवधिको आनन्द लिइरहेको छ,” एक्सएस डट कमका वरिष्ठ बजार विश्लेषक समर हसनले भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धहरू अन्त्य गर्न वार्तालाई अघि बढाइरहेका समय कारोबारमा उछाल आएको हो।

“राष्ट्रपति ट्रम्प ‘राष्ट्रिय वित्तीय प्रणालीमा क्रिप्टोकरेन्सीहरूको एकीकरणलाई गति दिन र यस क्षेत्रमा आफ्नो र परिवारको बढ्दो संलग्नतालाई ध्यानमा राख्दै थप प्रतिबन्धहरू हटाउन’ इच्छुक हुन सक्नुहुन्छ्,” उनले भने।

ट्रम्पको मिडिया ग्रुप र प्रविधि अर्बपति एलन मस्कको स्वामित्वमा रहेको इलेक्ट्रिक कार निर्माता टेस्लालगायतका कम्पनीहरूको ठूलो सङ्ख्या ठूलो परिमाणमा बिटक्वाइन किन्न इच्छुक देखिँदा यसको असर पूँजी बजारमा देखिएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्