काठमाण्डौ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ बसेको सञ्चालक समितिको बैठकले प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन् ।सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै गत आवको वित्तीय विवरणहरु समेत पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।









