समय : ०९:३८ am | शनिबार , कार्तिक १५ गते २०८२

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौता

अर्थ विशेष | श्रावण ४ गते २०८२

काठमाण्डौ । पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ । यी दुई कम्पनीबीच पोखरामा साउन ४ गते बिहान मर्जरको लागि सम्झौता भएको हो।
यी कम्पनीहरु १ः१ स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात कायम हुने कम्पनीको नाम पोखरा फाइनान्स रहने गरी मर्जर सम्झौता भएको छ ।यस्तै मर्जपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहने जनाइएको छ ।

कम्पनीहरुबीच हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष रहने सहमति समेत बनेको छ।

नेपाल राष्ट्र बैंकले स्थलगत निरिक्षणका क्रममा पोखरा फाइनान्सलाई समस्याउन्मुख रहेको जनाएको थियो । औल्याएको थियो । राष्ट्र बैंकले कम्पनीलाई कारबाही गर्दै सञ्चालन समितिलाई सचेत समेत गराएको थियो ।

जसपश्चात कम्पनीलाई राष्ट्र बैंकको कारवाहीबाट उम्कन मर्जर एक विकल्पको रुपमा रहेको थियो । पोखरा फाइनान्सले मर्जर तथा प्राप्ति प्रक्रियामा जानका लागि २०८१ माघमा ामर्जर वा प्राप्ति समिति गठन गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्