समय : ०६:२९ pm | मङ्गलबार , चैत्र १० गते २०८२

सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त

अर्थ विशेष | जेठ २१ गते २०८२

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यका्री अधिकृत(सीईओ)मा लक्ष्मण पौडेल नियुक्त भएका छन् । जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई यही जेठ २२ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।

यस्तै सोही बैठकले यसअघिका संस्थाका सीईओ केशव कुमार पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । पौडेलले गत वैशाख ११ गते दिएको राजीनामा जेठ २१ गतेबाट लागू हुनेगरी स्वीकृत गरिएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्