काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार श्रेष्ठलाई पुस १ गतेबाट लागू हुनेगरि कामु सीईओमा नियुक्त गरिएको हो ।
बैंकिङ क्षेत्रमा १५ वर्षभन्दा बढिको अनुभव संगालेका श्रेष्ठ बेस्ट फाइनान्स आउनु अघि कावेली विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए भने हाल उनी फाइनान्सको सहायक महाप्रबन्धकको जिम्मेवारीमा थिए ।
फाइनान्सका सीईओ उमेशसिंह भण्डारीको कार्यकाल समाप्त भएपछि बोर्डले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिइएको जनाएको छ ।