समय : ०८:५० pm | आइतबार , पौष ७ गते २०८१

नेपाल एयरलाइन्सले घटायो हवाई भाडादर

अर्थ विशेष | मंसिर ६ गते २०८१

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका गन्तव्यहरूमा हवाई भाडादर घटाएको छ।

बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले वायुसेवा कम्पनीहरूले उच्च मूल्यको भाडा लिएको भन्दै त्यसबारे पुनर्विचार गर्न निर्देशन दिएका थिए। साथै उनले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए।

यस लगात्तै नेपाल एयरलाइन्सले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हवाई भाडादर घटाएको बताएको छ। एयरलाइन्सले दिल्ली, मुम्बई र बैंग्लोरको लागि हवाई भाडादर दुई हजार पाँच सय रूपैयाँले घटाएको छ। त्यस्तै दोहा, दुबई, दमाम, क्वालालम्पुर, बैंकक, हङकङ र नारिताका लागि पाँच हजार रूपैयाँसम्म भाडादरमा छुट दिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्