समय : ०६:३९ pm | मङ्गलबार , माघ २७ गते २०८२

सुनचाँदीको मूल्य आज पनि बढ्यो

अर्थ विशेष | माघ २७ गते २०८२

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन तीन लाख पाँच हजार ५ सय र एक तोला चाँदीको मोल पाँच हजार २४० कायम भएको छ ।

सोमबार एक तोला सुन तीन लाख चार हजार ६ सय र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० मा खरिदबिक्री भएको थियो । अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार २९ र त्यति नै चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्