समय : ०७:५२ pm | मङ्गलबार , फागुन १९ गते २०८२

सुनको मूल्यमा भारी वृद्धि

अर्थ विशेष | कार्तिक २५ गते २०८२

काठमाडौं ।अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेसँगै नेपाली बजारमा पनि बढिरहेको सुनको मूल्यमा मंगलबार भारी वृद्धि भएको छ। मंगलबार सुन तोलामा ४ हजार ९ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ४६ हजार ४ सय रूपैयाँ पुगेको छ।यो साता आइतबार तोलामा दुईसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला २ हजार ९ सय रूपैयाँले बढेको थियो। सोमबार सुन प्रतितोला २ लाख ४१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।यस्तै, आइतबार सामान्य घटेर सोमबार प्रतितोला ५० रूपैयाँले बढेको चाँदी मंगलबार पनि उकालोतिरै लागेको छ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १०५ रूपैयाँले बढेर प्रतितोला ३ हजार १७० रूपैयाँ कायम भएको छ।

यो साता सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रूपैयाँमा कारोबार भएको थियो।

गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। गएको असोज ३१ गते नै चाँदीको मूल्य पनि सबैभन्दा बढी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोला पुगेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्