समय : ०२:०० am | सोमबार , कार्तिक १६ गते २०८२

सुनको मूल्यमा सामान्य वृद्धि

अर्थ विशेष | कार्तिक १६ गते २०८२


काठमाडौँ ।गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु पाँचले घटेको छ ।

गत शुक्रबार तोलाको रु दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज रु दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु तीन हजार ५५ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्