समय : ०१:०३ am | आइतबार , कार्तिक १५ गते २०८२

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

अर्थ विशेष | असाेज २६ गते २०८२

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन  एक तोला चाँदी रु तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार १२५ मा किनबेच  भइरहेको छ । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

–––

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्