समय : ०३:५४ pm | आइतबार , कार्तिक १६ गते २०८२

आज सुन चाँदीको भाउ हालसम्मकै उच्च

अर्थ विशेष | भाद्र २७ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख १५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो सुनको भाउ तोलामा २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि ६० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ६५ रुपैयाँ कायम भएको छ। यो हालसम्म्कै उच्च हो ।

हिजो चाँदीको भाउ प्रतितोला २५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्