काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय २५ रुपैयाँमा किनबेच भएको थियो।
					

					
					
					






