समय : ०९:२६ pm | मङ्गलबार , कार्तिक १८ गते २०८२

सुनको मूल्य आजपनि घट्यो

अर्थ विशेष | श्रावण १६ गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ ।
आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको कारोबार प्रतितोला २ हजार २३५ रुपैयाँमा भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्