समय : १२:१६ am | बुधबार , कार्तिक १८ गते २०८२

लगातार ३ दिन घट्यो सुनको मूल्य

अर्थ विशेष | श्रावण ११ गते २०८२

काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । लगातार दुईदिन घटेको सुनको मूल्य आजपनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा सीमित बनेको छ ।

गत शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको थियो । उक्त दिन एक तोला सुनको कारोबार १ लाख ९४ हजार ७ सयमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला २ हजार २९० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्