समय : ०८:५३ am | शुक्रबार , चैत्र १३ गते २०८२

सुनको मूल्य रु.१३ सयले बढ्यो, चाँदी भने स्थिर

अर्थ विशेष | जेठ २८ गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज अघिल्लो दिनको तुलनामा सुन १३ सय रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९० हजार कायम थियो । उक्त दिन सुनको मूल्यमा ६ सय रुपैयाँको गिरावट आएको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण आज नेपाली बजारमा सुनको मूल्य बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १९ डलरले बढ्दै प्रतिऔंस ३ हजार ३४१ डलरमा कारोबार भईरहेको छ ।

आज स्थानिय बजारमा चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार १६५ डलरमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्