समय : ११:०२ pm | बिहिबार , फागुन २८ गते २०८२

आज घट्यो सुनको मूल्य

अर्थ विशेष | जेठ ४ गते २०८२

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार भने सुनको मूल्य बढेको थियो । उक्त दिन ३ हजार रुपैयाँले बढेको सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सयमा भएको थियो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी गत शुक्रबारकै मूल्य अर्थात प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्