समय : ०९:३२ pm | बिहिबार , फागुन २८ गते २०८२

सुनको भाउ घट्यो

अर्थ विशेष | वैशाख २८ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्