काठमाडौं । नवीनतम प्रविधिमा आधारित विश्वप्रसिद्ध उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपालको एयर कन्डिसनिङ बजारमा नयाँ मापदण्ड स्थापना गर्दै आफ्ना नयाँ इन्भर्टर एसी सिरिजमा १० वर्षको कम्प्रेसर वारेन्टी घोषणा गरेको छ ।
यस नयाँ पहलले टीसीएलको उत्पादनको दिगोपनमा रहेको विश्वास र नेपाली उपभोक्तालाई दीर्घकालीन मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउने कम्पनीले जनाएको छ।
यस्ता छन् मुख्य विशेषताहरु:
अझ प्रभावकारी ऊर्जा बचत, स्मार्ट इन्भर्टर – ७०% सम्म ऊर्जा बचत, जेन मोड, उत्कृष्ट आराम र स्वास्थ्य, द्रुत कूलिङ र हिटिङ, स्मार्ट एयरफ्लो , गोल्डेन फिन, सजिलो प्रयोगको लागि सुविधा, स्मार्ट एप कन्ट्रोल
नयाँ इन्भर्टर एसी मोडेलहरूमा १ टनको टीएसी १२सीएचएसडीआई/एक्सएएफ१, १.५ टनको टीएसी १८सीएचएसडीआई/एक्सएएफ१, २ टनको टीएसी २४सीएचएसडीआई/एक्सएएफ१ रहेका छन् ।
टीसीएलको नयाँ इन्भर्टर एसी सिरिज विशेषगरी नेपालको भौगोलिक र जलवायु अवस्थालाई मध्यनजर गरेर निर्माण गरिएको कम्पनीले जनाएको छ । बारम्बार हुने भोल्टेजको उतारचढाव, तातो गर्मी र चिसो जाडोको प्रभावलाई नियन्त्रण गर्न यी एसीहरूमा आधुनिक भोल्टेज स्टेबिलाइजेसन सुविधा उपलब्ध छ। ऊर्जा-कुशल डिजाइनले बिजुली खर्च घटाउनुका साथै वातावरणमैत्री समाधान पनि प्रदान गर्दछ। टिकाउपनमा उत्कृष्ट, टीसीएल एसीहरूले वर्षभरि भरपर्दो आराम सुनिश्चित गर्छन्।
टीसीएल एक विश्वव्यापी प्रविधि कम्पनी हो, जसले टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, एयर कन्डिसनर र वाटर डिस्पेन्सर जस्ता उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू उपलब्ध गराउँछ। नवीनता र गुणस्तरमा विश्वास राख्ने टीसीएल ले मानिसको जीवनशैलीमा सुधार ल्याउने लक्ष्य लिएको जनाएको छ ।