समय : ०५:०९ pm | बिहिबार , फागुन २८ गते २०८२

आज बढ्यो सुनको मूल्य

अर्थ विशेष | वैशाख १६ गते २०८२

काठमाण्ठौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने सुनको मूल्य १४ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउमा भनै कुनै घटबढ भएको छैन । चाँदी आज अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्