काठमाण्डौ । सुनको मूल्य अल टाइम हाईको उचाईबाट ओरालो लागेको छ । शुक्रबारको कारोबरमा सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँको किर्तिमानी उचाईमा पुगेको थियो ।
आज चाँदीको मूल्यमा भने कुनैपनि घटबढ भएको छैन । यो दिन चाँदी अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।