समय : ०८:३४ am | बिहिबार , फागुन २८ गते २०८२

१३ सयले बढ्यो सुनको भाउ

अर्थ विशेष | चैत्र १४ गते २०८१

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको छ।हिजो बुधबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९९० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्