समय : ०८:४९ pm | आइतबार , पौष ७ गते २०८१

१८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ विशेष | जेठ २४ गते २०८१

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य १८ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघिको उच्च मूल्य १ लाख ४२ हजार ७ सय रुपैयाँ थियो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ रुपैयाँ कायम थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४३ हजार ३ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्