समय : ०२:०९ am | सोमबार , पौष ७ गते २०८१

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | जेठ १८ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १८ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०२ रुपैयाँ र बिक्रीदर १३३.६२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.९३ रुपैयाँ र बिक्रीदर १४४.५८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.१७ रुपैयाँ र बिक्रीदर १६९.९३ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.०८ रुपैयाँ र बिक्रीदर ८८.४८ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ८.४८ रुपैयाँ र बिक्रीदर ८.५२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२१ रुपैयाँ र बिक्रीदर ३६.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३८ रुपैयाँ र बिक्रीदर १८.४७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२८ रुपैयाँ र बिक्रीदर २८.४१ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.३९ रुपैयाँ र बिक्रीदर ४३५.३४ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्