समय : ०४:१७ pm | आइतबार , कार्तिक १६ गते २०८२

आज बढ्यो सुनको भाउ

अर्थ विशेष | पौष २४ गते २०८१

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलामा स्थिर रही १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी तोलामा १८ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्