समय : ०६:०४ pm | सोमबार , पौष ८ गते २०८१

प्रभु बैंकको साढे ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | जेठ ८ गते २०८१

काठमाडौं । काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ६ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न शेयरधनीहरूको नाममा रहेको ६ लाख ५६ हजार २ सय ३४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्रीमा ल्याएको संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने छन् । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि आवेदन नपरेपछि बैंकले विद्यमान संस्थापक शेयरधनी वा अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्