समय : ०५:४५ pm | सोमबार , पौष ८ गते २०८१

कुमारी मोबाइल बैंकिङ एपमार्फत २ लाख रुपैयाँसम्मको फोनलोन लिन सकिने

अर्थ विशेष | जेठ ७ गते २०८१

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्यूआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ एपमार्फत नै दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ ।
यसबाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुँदा वित्तिय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ । यस्तो लोन बिनाधितो र छिटो छरितो रुपमा प्रदान गरिने बैंकले जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्