काठमाण्डौ । कामना सेवा विकास बैंक र एफवान सफ्ट इनटरनेशनल प्रालिबीच बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजनासम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
सो सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा दर्ता गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरुले रु ५० को टप–अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकहरुलाई मात्र मान्य हुने जनाइएको छ ।
त्यसै गरी, ग्राहकहरुले न्यूनतम रु १०० को टप–अपमा वा कुनै पनि डेटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की–ड्रमार्फत एयरबड्स जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई मान्य हुनेछ ।
यसै गरी, कारोबार गर्ने ग्राहकहरुमध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्तभर लागू हुनेछ ।
बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटीएम वुथमार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।









