समय : ११:१३ am | सोमबार , पौष ८ गते २०८१

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह

अर्थ विशेष | श्रावण १८ गते २०८१

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।
बैंकबाट लाभांश पूर्जा लिई भुक्तानी लिन बाँकी तथा लाभांश पूर्जा हालसम्म पनि लिन नआएका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र/डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको सेयर शाखामा सम्पर्क राखी लाभांश रकमको भुक्तानी लिन बैंकले आग्रह गरेको छ ।

बैंकले आव २०५५/५६ देखि २०७५/७६ सम्मको लाभांश रकम बुझिलिन बाँकी सेयरधनीको संख्या र जम्मा रकम बारे जानकारी प्रकाशित गरेको छ । जसमा आव २०७५/७६ मा सबैभन्दा बढी अर्थात ११ हजार ४४२ जना सेयरधनीले लाभांश रकम बुझिलिन बाँकी रहेको छ ।

उल्लेखित ५ वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित सेयरधनीहरुको नामसहितको विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्