समय : ०७:२९ pm | सोमबार , पौष ८ गते २०८१

साउनका लागि नेपाल बैंकले घटायो ब्याजदर

अर्थ विशेष | असार ३१ गते २०८१

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।
बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेतर्फ अधिकतम ६.७५ प्रतिशत ब्याजदर दिएका थियो ।

बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यी दुवै खातामा न्यूनतम मौज्दात २५ हजार रुपैयाँ राख्नुपर्ने व्यवस्था बैंकले गरेको छ ।

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर घटाएको छ । बैंकले साउनमहिनाका लागि संस्थागततर्फको मुद्दतीको ब्याजदर ४.२५ प्रतिशत कायम गरेको छ । असारमा भने यस्तो ब्याजदर ४.७५ प्रतिशत थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्