समय : ११:०२ pm | सोमबार , पौष ८ गते २०८१

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह

अर्थ विशेष | असार २७ गते २०८१

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको लाभांश रकम कतिपय सेयरधनीले अझै पनि नलिएकाले त्यस्ता सेयरधनीलाई नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो ।
सेयरधनीहरुवा नजिकका हकवालाहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।

नगद लाभांश बुझ्न बाँकी सेयरधनीहरुको विस्तृत विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले उल्लेख गरेको छ ।

निर्धारित मितिभित्र पनि नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्