समय : ०७:४० am | सोमबार , पौष ८ गते २०८१

बजेटमा राष्ट्र बैंकले दियो १९० वटा सुझाव

अर्थ विशेष | वैशाख ३१ गते २०८१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ। सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटका लागि १९० वटा सुझाव दिएको बताए । उनले आगामी बजेटका लागि सातै प्रदेशबाट संकलित सुझावको आधारमा मन्त्रालयलाई सुझाव दिइएको जानकारी दिए ।

राष्ट्र बैंकले सातै प्रदेशमा प्रि –बजेट सुझाव संकलन गरेर अर्थ मन्त्रालयलाई बुझाएको बताए । पर्यटनसँग सम्बन्धित १९ वटा, कृषि, पशु, वनसँग सम्बन्धित २५, उद्योगका १० गरी मौद्रिक र बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव अर्थ मन्त्रालयलाई दिएको जानकारी दिए ।

उनले भने, ‘प्रदेशका समस्याहरु समाधान गर्ने गरी सरकारलाई सुझाव दिने गरेका छौं । आगामी आर्थिक वर्षको बजेटको लागि सुझावहरु गइसकेको छ । राष्ट्र बैंकका सुझावमा पर्यटनसँग सम्बन्धित १९ वटा, कृषि, पशु, वनसँग सम्बन्धित २५, उद्योगका १० गरी मौद्रिक र बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव अर्थमन्त्रालयलाई दिएका छौं ।’

वित्तीय प्रणालीको स्थायित्वको सम्बन्धमा नियामक निकायहरुबीचको समन्वय र सहकार्यलाई सुदृढ बनाउनुपर्ने सुझाव राष्ट्र बैंकले दिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्