समय : ०७:३१ am | सोमबार , पौष ८ गते २०८१

राष्ट्र बैंकद्वारा इ–नेट पेमेन्टको अनुमतिपत्र खारेज

अर्थ विशेष | वैशाख ३१ गते २०८१


काठमाण्डौ । नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रालिको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाउनुका साथै अनुमतिपत्र समेत खारेज गरेको छ ।
इ–नेटले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी विसं २०७६ फागुन २१ गते अनुमतिपत्र प्राप्त गरेको थियो । कम्पनीले राष्ट्र बैंकको निर्देशनको परिपालना नगरेको देखिएकाले कम्पनीको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधनसहित) को विनियम ३५ को १(ग) को व्यवस्थाबमोजिम भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई सूचना प्रकाशित भएको ३१ औं दिनदेखि लागू हुनेगरी संस्थाको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

ऊत्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेनरदायित्व बाँकी रहेको भए सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले सूचित गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्