समय : ०४:४४ am | मङ्गलबार , पौष ८ गते २०८१

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन कामना सेवा विकास बैंकको आग्रह

अर्थ विशेष | असार २१ गते २०८१

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै २०७६ असार १४ गते सम्पन्न बैंकको १२ औं साधारण सभाबाट पारित भएको आव २०७४÷७५ को नगद लाभांस बुझिलिन आग्रह गरेको हो । उक्त लाभांश कतिपय सेयरधनीहरुले बुझिलिन बाँकी रहेकाले त्यस्ता सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको मितिभित्र पनि नगद लाभांश लिन नआउने सयरधनीहरुको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्