समय : १०:१६ am | शुक्रबार , चैत्र २७ गते २०८२

नारायणी डेभलपमेन्ट बैंकमा विभिन्न पदका लागि आवेदन खुला

अर्थ विशेष | चैत्र २७ गते २०८२

चितवन । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड ले विभिन्न पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ । भरतपुर–१०, चितवनस्थित केन्द्रीय कार्यालयका लागि बैंकले जोखिम, अनुपालन, शाखा व्यवस्थापन तथा सञ्चालन तथा कर्जा विभागमा कर्मचारी भर्ना गर्न लागेको हो ।

बैंकद्वारा प्रकाशित सूचनाअनुसार Risk Officer, Compliance Officer, Branch Manager तथा Operation & Credit Department (Assistant Level) पदमा ‘थोरै’ संख्यामा पदपूर्ति गरिनेछ ।

Risk Officer पदका लागि व्यवस्थापन विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरी बैंकिङ क्षेत्रमा न्यूनतम ५ वर्षको अनुभव आवश्यक पर्नेछ । साथै नेपाल राष्ट्र बैंक का निर्देशन, बैंकिङ सञ्चालन तथा जोखिम मूल्याङ्कनसम्बन्धी राम्रो ज्ञान आवश्यक हुने बैंकले जनाएको छ ।

Compliance Officer पदका लागि व्यवस्थापनमा स्नातक उत्तीर्णसँगै ५ वर्षको बैंकिङ अनुभव तथा बैंकिङ ऐन, नियम र अनुपालनसम्बन्धी ज्ञान अनिवार्य छ ।

त्यस्तै, Branch Manager पदका लागि व्यवस्थापनमा कम्तीमा स्नातक (प्राथमिकता स्नातकोत्तर) तथा ५ वर्षको बैंकिङ अनुभव आवश्यक छ । कर्जा तथा शाखा सञ्चालनसम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्नेछ। स्थानीय उम्मेदवार तथा दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

Operation & Credit Department (Assistant Level) का लागि +२ देखि स्नातक तहसम्म अध्ययन गरेका तथा कम्तीमा २ वर्षको अनुभव भएका उम्मेदवार आवेदन दिन सक्नेछन् । यस पदमा फ्रेशर उम्मेदवारलाई पनि अवसर दिइने बैंकले जनाएको छ । आधारभूत कम्प्युटर ज्ञान र अंग्रेजी भाषामा दख्खल आवश्यक पर्नेछ ।

सबै पदका लागि उमेर हद ४० वर्ष (Assistant Level का लागि ३५ वर्ष) तोकिएको छ । इच्छुक उम्मेदवारले आवेदन पत्र, अद्यावधिक बायोडाटा, फोटो तथा शैक्षिक एवं अनुभवका प्रमाणपत्रसहित २०२६ अप्रिल २४ गते साँझ ५ बजेसम्म vacancy.narayani@gmail.com मा आवेदन दिन सक्नेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्