समय : ११:३५ am | मङ्गलबार , चैत्र २४ गते २०८२

महिला लघुवित्तको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | चैत्र २४ गते २०८२

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
संस्थापक सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले यो सेयर संस्थाको विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको संस्थाले जनाएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिई सक्नुपर्नेछ ।

लगानीकर्ताले काभ्रेपलाञ्चोकमा रहेको संस्थाको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ ठमेलमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ । तोकिएको मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्