काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल नियुक्त भएका छन् । बैंकको चैत १८ गते बसेको संचालक समितिको बैठकले शर्मालाई चैत १९ गतेदेखि लागू हुनेगरी स्वतन्त्र संचालकमा चयन गरेको हो । यसअघि स्वतन्त्र संचालकमा सिद्धार्थ राज पाण्डे रहेकोमो उनको सट्टा शर्मालाई चयन गरिएको हो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल चयन









