समय : ०३:३५ pm | मङ्गलबार , चैत्र १० गते २०८२

एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनामुलक कार्यक्रम सम्पन्न’

अर्थ विशेष | चैत्र १० गते २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले चैत २ गतेदेखि चैत ८ गतेसम्म ग्लोबल मनी विक २०२६ को अवसरमा सप्ताहव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

यस कार्यक्रम अन्तर्गत बैंकले आफ्ना ७ वटै प्रदेशका शाखाहरूमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी ३,००० भन्दा बढी विद्यार्थीहरूमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गर्न सफल भएको छ । साथै, उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा नै अवलोकन गराई बैंकले प्रदान गर्ने सेवाहरूबारे व्यावहारिक जानकारी समेत गराइएको छ ।

स्मार्ट मनी टक भन्ने नाराका साथ सञ्चालन गरिएका यी कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबारका साथै बैंकहरूले दिने सेवा र त्यसमा अपनाउनुपर्ने सावधानी जस्ता महत्त्वपूर्ण विषयहरूमा समेत सचेत गराइएको थियो ।

एभरेष्ट बैंकका हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् भने देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू र १६३ वटा एटिएम सञ्चालनमा छन्। विश्वव्यापी नेटवर्कमार्फत अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्