समय : ०६:१७ pm | सोमबार , चैत्र ९ गते २०८२

कामना सेवा विकास बैंकका ग्राहकले अशोका रेसोर्टमा छुट पाउने

अर्थ विशेष | चैत्र ९ गते २०८२

काठमाडौं । कामना सेवा विकास बैंकले चितवन, भरतपुर स्थित अशोका रेसोर्ट प्रा. लि. तथा होटल अशोका सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्