काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘विश्व वित्तीय सप्ताह २०२६’ कार्यालयहरु मार्फत वित्तीय साक्षरता र सचेतनामुलक कार्यक्रम संचालन गरी सम्पन्न गरेको छ ।
संस्थाले ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ चैत २ गतेदेखि ८ गतेसम्म विभिन्न शाखाहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो । वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम केन्द्रीय कार्यालय सहित शाखा कार्यालयहरु भुमही नवलपरासी, कावासोती नवलपुर, भानु तनहुँ, तुल्सीपुर दाङ्ग, खाङ्गसाङ्ग सिन्धुली, घोराखोरी ओखलढुङ्गा र औंराबनी सुनसरी गरी जम्मा ८ वटा स्थानमा महिला सदस्य, बालबालिका तथा युवाहरुको सहभागीतामा सम्पन्न गरेको छ ।
यसरी सम्पन्न भएका कार्यक्रमहरुमा करिब २०० जनाको हाराहारीमा प्रत्यक्ष सहभागीता रहेको र उक्त कार्यक्रमहरुले सहभागीहरुलाई पैसाको महत्व, बचत, खर्च र आम्दानीलाई बुद्धिमतापुर्ण ढंगबाट कसरी परिचालन गर्ने, सहि योजना निर्माण कसरी गर्न सकिन्छ, भन्ने बारेमा जानकारी प्रदान गरिएको थियो । उक्त विषयले सहभागीहरुको वित्तीय जिवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको संस्थाको तालिम, अनुपालना तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाले जानकारी दिए ।
सन् २०१२ देखि मनाउदै आएको ग्लोबल मनी विक नेपालमा नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजकत्वमा हरेक बर्ष मार्च महिनामा मनाउने गरिन्छ । हालसम्म विश्वका करिब १७६ भन्दा बढी देशले यो कार्यक्रममा सहभागीता जनाईसकेको छन् ।









