काठमाडौं । मन्जुश्री फाइनान्सले ग्लोबल मनी वीक २०२६ को सुरुवात आफ्नो चितवन क्लस्टरको शाखाहरू मार्फत प्रभात फेरी गर्दै गरेको छ । विश्वभरि नै मनाईने ग्लोबल मनी वीकको सप्ताहमा मन्जुश्री फाईनान्सले आफ्ना सम्पूर्ण शाखाहरूबाट कार्यक्रमको आयोजना गरेको हो ।
यस ग्लोबल मनी वीक २०२६ को मूल आधार स्मार्ट मनी टर्क भन्ने अभिप्रायलाई लिएर विभिन्न संघ संस्था तथा युवालाई मध्येनज़र गर्दै विभिन्न स्कूल तथा कलेजहरुमा कार्यक्रमको व्यवस्था गरिने जनाइएको छ ।
हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०। ६ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ भने १ लाख ८ ७ हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिँदै आइरहेको छ।









