समय : ०४:४७ am | मङ्गलबार , पौष ८ गते २०८१

एनआइसी एसियाले पोखराबाट उद्घाटन गर्‍यो मास्टरकार्ड सेवा

अर्थ विशेष | असार १६ गते २०८१

पोखरा । एनआइसी एसिया बैंकले पोखराबाट मस्टरकार्ड डेविटकार्डको सुरुआत गरेको छ । योसँगै अब पस टर्मिनल र एटिएममा अब मास्टर डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने भएको छ । अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टर कार्डसँगको सहकार्यमा सो सुविधा थप गरिएको बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार यो सेवापछि कारोबार सुरक्षित हुने विश्वास लिइएको छ । 'यसबाट हाम्रो सेवालाई अझै सुरक्षित र सहज बनाउने छ । सेवाग्राहीले विना झन्झट सेवा लिन पाउनेछन्,' उनले भने, 'हाम्रो लागि पनि यो महत्त्वपूर्ण र ठुलो उपलब्धि हो ।' यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टर डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी ग्राहकले एनआइसी बैंकको पस टर्मिनलमार्फत भुक्तानी गर्न तथा एटिएम मेसिनबाट नगद निकाल्न र मौज्दात सोधपुछको सुविधा लिन सक्ने उनले बताए ।

मास्टरकार्ड इन्डियाका प्रतिनिधि पवन शेखले मास्टरकार्ड ग्लोवल टेक्नोलोजीको रुपमा विकास भएको बताए । 'यो ग्लोवल टेक्नोलोजी हो । यसले सेवाहरू सहज र सुरक्षित हुनेछ,' उनले भने, 'नेपालमा यसको सुरुआत गर्न पाएकोमा खुसी लागेको छ ।'

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्