समय : १२:०८ am | सोमबार , फागुन १७ गते २०८२

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

अर्थ विशेष | फागुन १७ गते २०८२

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यस्तै बैठकले लाभांशसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र त्यसपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्