समय : ०७:२५ pm | मङ्गलबार , पौष ९ गते २०८१

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाश राज शर्मा चयन

अर्थ विशेष | असार १४ गते २०८१

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा प्रकाश राज शर्मा चयन भएका छन् । संस्थाको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थाको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
यसका साथै बैठकले शर्मालाई बाँकी कार्यकालका लागि सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत नियुक्त गरेको छ ।

यसअघि संस्थाका अध्यक्ष सुवर्ण पौडेलले राजीनामा दिएपछि संस्थाको अध्यक्ष पद रिक्त रहेको थियो । असार ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पौडेलले दिएको राजीनामा असार ६ गतेबाट लागू हुने स्वीकृत गरेको थियो ।

पौडेलले सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्