काठमाण्डौ । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि सर्वसाधारण तथा कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ७ दिनभित्र बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आवेदन दिनुपर्नेछ ।यसअघि बैंकले संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्रीमा राखेपनि खरिद आवेदन नआएकाले आम सर्वसाधारणका लागि पुनः उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
सर्वसाधारणका लागि नबिल बैंकको १.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा









