समय : ०६:३९ am | बुधबार , माघ २१ गते २०८२

सिटिजन्स बैंकको २.६४ लाख बढी कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | माघ २० गते २०८२

काठमाडौं । सिटिजन्स बैंकको २ लाख ६४ बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको २ लाख ६४ हजार ६१.५८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयर बैंकका योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ शेयर खरिदका लागि निवेदन दिँदा १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि १५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्