समय : ०१:०८ pm | बुधबार , माघ २१ गते २०८२

ग्लोबल आइएमई लघुवित्तका अध्यक्ष अध्यक्ष बुद्धी अकेलाले लिए शपथ ग्रहण

अर्थ विशेष | माघ ११ गते २०८२

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त भएका बैंकर बुद्धी अकेलाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा नव नियुक्त अध्यक्ष बुद्धी अकेलाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम शपथ लिएका हुन् । संस्थाको सञ्चालक समितिको २०८२ पुस २९ गते बसेको २१६ औँ बैठकले अकेलालाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो । अकेला ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्थाको नामवाट कारोबार भएदेखीनै संस्थापक (ग्लोबल आइएमई बैंक लिमिटेड) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अनुभवी बैंकर हुन् । हाल उनी सो बैंकमा डिजिएम पदमा कार्यरत छन्

शपथग्रहण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशी तथा नायब प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्