काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लम्की मार्फत लम्की मानवसेवा आश्रम, कैलालीका असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्धआमाबुबा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ ।बैंकको लम्की शाखा प्रमुख भिम राज जैसीले लम्की मानवसेवा आश्रम, कैलालीका सञ्चालक विनोद थापालाई ब्लाङकेट, म्याट्रेस, सिरक तथा अन्य चिसो मौसमका लागि आवश्यक न्यानो सामग्री वितरण गरे । बैंकका लम्की शाखा प्रमुख जैसीले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सो कार्यक्रम लम्की मानव सेवा आश्रमलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बैंकको लम्की शाखा प्रमुख भिम राज जैसीले लम्की मानवसेवा आश्रम, कैलालीका सञ्चालक विनोद थापालाई ब्लाङकेट, म्याट्रेस, सिरक तथा अन्य चिसो मौसमका लागि आवश्यक न्यानो सामग्री वितरण गरे । बैंकका लम्की शाखा प्रमुख जैसीले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सो कार्यक्रम लम्की मानव सेवा आश्रमलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।









